Home
Welcome to the VC Tulbahadur Pun Foundation
तुल बहादुर पुन भिसी प्रतिस्ठान PDF Print E-mail
Written by arjun   
Saturday, 16 July 2011 06:16
यो संसारमा मान्छे अजम्बरी कोही पनि हुदैन । तर त्यस ब्यक्तिले गरेको राम्रो कामहरु सधै अजम्बरी वा अमर रहन्छ । बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रस को सम्मान पाउने तुल बहादुर पुन भि.सी.को विरताको गाथा र वहांले गर्नु भएको अनेकौ समाजिक कामहरु इतिहासको पानामा सधै अमर रहनेछन् । वहांको बहादुरीको गाथा तथा वहांले गर्नु भएको सामाजिक कार्यहरुलाई जिवन्त राख्दै वहांले गर्नु भएका सामाजिक कामहरुलाई निरन्तरता दिनको लागि वहांको नामबाट संस्था गठन गरी काम गर्ने सोच अनुसार तुल बहादुर पुन भि.सी.प्रतिष्ठानको स्थापना भएको हो ।

 

            

                      तुल बहादुर पुन भिसि २०१० सालमा तिप्ल्याङ स्कुलमा

यो प्रतिष्ठानको सोच आज भन्दा करिब १० बर्ष पहिला नै भएको भएता पनि बिभिन्न कारणवश यसले पुर्णता पाउन सकेको थिएन । २००८ सालमा बेलायत आएपछि भि.सी.बाबा संग बिभिन्न कार्यक्रमहरुमा भाग लिने क्रम संगै त्यहांका बिभिन्न व्यक्तिहरु संग सम्पर्क गर्ने अवसर मिल्यो र प्रतिष्ठानको कामहरुलाई अगाडी बढाउन सजिलो भयो । यस प्रतिष्ठान २०६५ सालमा कास्की जिल्लामा बिधिवत रुपमा दर्ता भएको छ ।

 

म्याग्दी जिल्ला अन्तर्गत पर्ने बांदुक,तिप्ल्याङ्ग लगायत वरीपरिका धेरै गाउहरु पहिला मुस्ताङ्ग जिल्लामा पर्दथ्यो । त्यसबेलाको मुस्ताङ्ग जिल्लाको सदरमुकाम दानामा थियो । भि.सी.बाबा करिब १९ बर्षको सैनिक जिवनबाट अवकाश भएपछि दाना स्थित बेल्फेयर ट्रष्टमा बेल्फेयर अफिसर भएर काम गर्नु भयो । बांदुक,तिप्ल्याङ्ग लगायत वरीपरिका अधिकांश गाउहरुमा स्कुल खोल्ने,खानेपानीको योजना ल्याउने र गोरेटो बाटोहरु बनाउने कामहरु वहां वेल्फेयर अफिसर हुदा वहांकै पहलमा भएको हो । गोर्खा वेल्फेयर अफिसर पछि वहां बांदुक गाउ पञ्चायतको प्रधानपञ्च हुनुभयो । अहिलेको श्री कृष्ण नि.मा.वि.बांदुक र श्री कालिका नि.मा.वि. तिप्ल्याङ्गको स्थापना पनि वहांले नै गर्नु भएको हो । प्रधानपञ्च पछि, जिल्ला सदस्य हुदै अञ्चल सदस्य सम्म भएर धेरै सामाजिक कामहरु वहांले गर्नुभएको थियो ।

 

         

          तुल बहादुर पुन भिसी अन्तिम चोटि तिप्ल्यङ जादा घरमा बिध्यार्थी हरु सँग

 

भि.सी.बाबाको पछिल्लो जीवन गोर्खा आन्दोलनमा समाहित भएर बितेको छ । १३ जना भिक्टोरिया क्रस पाउने गोर्खाहरु मध्ये गोर्खा समानताको आन्दोलनमा सुरु देखि खुलेरै लाग्ने वहां एक मात्र भि.सी.बिजेता गोर्खा हुनुहुन्थ्यो । आवासिय अधिकारको आन्दोलनको अन्तिम समयमा लछिमान गुरुङ्ग भि.सी.ले पनि सहयोग गर्नु भएको थियो । जीवनको अन्तिम समय सम्म गोर्खाहरुको हक अधिकारको लागि लड्नु भयो । गोर्खाहरुको आवासिय अधिकारको मुद्धाको साक्षी बस्न बेलायत आउनु भयो र बेलायतमा भएका बिभिन्न गोर्खा आन्दोलनहरुको नेतृत्व गर्नुभयो । जसले गर्दा सारा बेलायती सञ्चार माध्यमहरुले वहांको फोटो अग्रपंतीमा राखेर प्रचार गर्न थाले । बेलायत आएपछि चर्चित सिने अभिनेत्री तथा समाजसेवी जोआना लम्ले संग वहांको भेट भयो । जोआना लम्ले जन्मनु भन्दा २ बर्ष पहिला भएको दोस्रो बिश्व यूद्धमा जोआनाको बुबालाई यूद्ध मोर्चामा गोली लागेर घायल भएको अवस्थामा भि.सी. बाबाले वहांलाई बोकेर सुरक्षित ठाउमा लगेर बचाएका थिए । त्यसको २ बर्ष पछि मात्र जोआना जन्मेकी थिईन् । त्यसको गुण स्वरुप जोआना लम्ले खुलेर गोर्खा आन्दोलनमा भि.सी. बाबाको सहयात्री भएर हजारौ गोर्खाहरुलाई साथ दिदै आन्दोलनको नेतृत्व गरिदिईन् र गोर्खा आवासिय अधिकारको मुद्धा जित्न गोर्खाहरु सफल भए । अहिले हजारौ गोर्खाहरु सुबिधा सम्पन्न देश बेलायतमा बिभिन्न सुविधाहरु लिएर बस्न पाएका छन् । २००७ मा भि.सी.बाबा बेलायत जादा बेलायतले बेलायतको सवोच्च सम्मान गार्ड अफ अनर दिएको थियो । वहां यो सम्मान पाउने सायद पहिलो नेपाली पनि हो

 

                

                    तुल बहादुर पुन भिसिको अन्तिम इच्छा बमोजिम बनाइएको कालिका निमावी को पक्की भवन्

 

म्याग्दीको दुर्गम गाउमा जन्मेको एउटा व्यक्तिले यस्ता अनेकौं अमर ईतिहास रचेका छन् । यो हामी सबै लगायत सिंगो देशकै लागि गर्वको कुरा हो । वहांले गर्नुभएका यस्ता बिभिन्न ऐतिहासिक कामहरु हाम्रो भावि पुस्ताहरुको लागि उदाहरणिय छन् । आज वहांको भौतिक शरीर यस धर्तिमा नभए पनि वहांको योगदानहरु ईतिहासका पानाहरुमा सधै अमर रहने छन् । वहांका यि अमर ईतिहासहरुलाई जिवन्त राख्न र वहांको नाम बाट विभिन्न समाजिक कामहरु गर्ने जमर्को यस तुल बहादुर पुन भि.सी.प्रतिष्ठानले गरेको छ । यस प्रतिष्ठानको अनुरोध र जोआना लम्लेको बिशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्टले तिप्ल्याङ्गमा श्री कालिका नि.मा.वि. को लागि सुबिधा सम्पन्न पक्की भवन बनाई सकेको छ । २०६८ साल असार महिनाको ४ गते भि.सी.बाबाको बाहुली बाट समुद्घाटन गर्ने योजना रहेकोमा त्यस अगावै भि.सी.बाबाको दुःखद निधन भएकोले शोक व्यक्त गर्दै समुद्घाटन गर्ने योजना अहिले स्थगित भएको छ । हरेक बर्ष वहांको सम्झनामा स्मृति दिन मनाउने र त्यसको लागि वहांको जन्म गांउ तिप्ल्याङ्गमा वहांको समाधिस्थल बनाइने छ । तिप्ल्याङ्ग स्थित श्री कालिका नि.मा.वि.लाई अंग्रजी माध्यमको उच्च मा.वि.बनाउने लक्ष्य अनुसार यस प्रतिष्ठानले बिदेशी संस्थाहरु संग सहकार्य गरिरहेको छ भने केही संस्थाहरु बाट बर्षेनी आर्थिक सहयोग उपलब्ध गराउने सहमति गराई सकेको छ । अहिले वहांको जन्म स्थान बांदुक तिप्ल्याङ्गलाई केन्द्र बिन्दु बनाई काम गरिएको भएता पनि भविश्यमा वरिपरिका सबै गाउहरुलाई समेट्दै लैजाने उदेश्य यस तुल बहादुर पुन भि.सी.प्रतिष्ठानले राखेको छ ।

Dim lights Embed Embed this video on your site

 

Dim lights Embed Embed this video on your site

                                                  See more videos in our video gallery.......

 

Last Updated on Sunday, 27 November 2011 19:11
 
Tul Bahadur Pun VC PDF Print E-mail
Written by arjun   
Tuesday, 14 July 2009 22:52

 

                                                       

                                               AYO GURKHALI !!       

 

The small beautiful village named Banduk is situated at the upper hill of the Kali River in western Nepal. In the same village 90 years ago, Word War II veteran Tulbhahaur Pun VC was born. At the foothill of the same river shore there is a small settlement area, named Tiplyang Bazaar, where he spending the most of his life.      

 

 

                 

              Tul Bahadur Pun VC With Prime Minister Gordon Brown    

 

Beni Bazaar, the District Headquarters of Myagdi, can be reached after driving nearly 4 hours from Pokhara. Beni Bazaar is located at the crossroads of the river Kali and river Myagdi. Tiplyang is nearly an hour’s driving distance, and after a one and half an hour vertical climb over the hill one reaches the birthplace of Tulbahadur Pun VC.                              

 

                   

                          Rifleman Tul Bahadur Pun VC,

 

                                         

                                        Supplement to  The London Gazette

                                     Of Tuesday, the 7th of November, 1944 

                                            War Office, 9th November, 1944    

 

 

The KING has been graciously pleased to approve the award of the VICTORIA CROSS to :    NO. 10119 Rifleman Tul Bahadur Pun, 6th Gurkha Rifles, Indian Army.  

 

In Burma on June 23rd 1944, a Battalion of the 6th Gurkha Rifles was ordered to attack the Railway Bridge at Mogaung. Immediately the attack developed the enemy opened concentrated and sustained cross fire at close range from a position known as the Red House and from a strong bunker position two hundred yards to the left of it.  So intense was this cross fire that both the leading platoons of B’ Company, one of witch was Rifleman Tul Bahadur Pun’s, ware pinned to the ground and the whole of his Section was wiped out with the exception of himself, the Section commander and other man.

 

                                              

The Section commander immediately led the remaining two man in charge on the Red House but was at once badly wounded. Rifleman Tul Bahadur Pun and his remaining companion continued the charge, but the latter too was immediately wounded.   Rifleman Tul Bahadur Pun then seized the Bren Gun, and firing from the hip as the went, continued the charge on his heavily bunkered position alone, in the face of the most shattering concentration of automatic fire, directed straight at him. With the down coming up behind him, he presented a perfect target to the Japanese.

 

                                              

He had to move for thirty yards over open ground, ankle deep in mud, through shell holes and over fallen trees. Desipite these overwhelming odds, he reached the Red House and closed with the Japanese occupations. He killed three and put five more to flight and captured two light machine guns and much ammunition. He then gave accurate supporting fire from the bunker to the remainder of his platoon which enabled them to reach their objective. His outstanding courage and superb gallantry in the face of odds which meant almost certain were most inspiring to all ranks and beyond praise.  

 

 Decorations and medals  

 

1.    Victoria Cross

2.    1939-1945 Star

3.    Burma Star

4.    War Medal 1939-1945

5.    India Service Medal

6.    General Service Medal (1918)

7.    Coronation Medal 1953

8.    Jublee Medale 1977

9.    Golden Jublee Medale 2002

10. Army long Service and Good Conduct Medale

11. India Independence Medale   

 

 

 

 

 

 

Last Updated on Sunday, 13 February 2011 21:32